बसको ठक्करबाट बालकको मृत्यु भएपछि प्रहरीको गाडीमा तोडफोड


 


दाङ, पुस १६ । दाङमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि आक्रोशित भीडले प्रहरीको गाडी तोडफोड गरेका छन् ।

आज (सोमबार) अपराह्न तुलसीपुर उपमहानगरपालिका-१८ झिँगे नजिकै तुलसीपुर-घोराही सडकखण्डमा सार्वजनिक बसले ठक्कर दिँदा बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड गरेका हुन्।

स्थानीयका अनुसा प्रहरीले मृतक बालकको शव उठाउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । घटना लगत्तै चालक बस छोडेर भागेको प्रहरीले बताएको छ।

बसको ठक्करबाट तुलसीपुर १७ झिङगैका ७ वर्षका सागर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । विद्यालयबाट घर जान पैदल हिँडिरहेका ती बालकलाई अगाडिको टायरले किचेको थियो ।

घटनापछि अहिले स्थानीयले तुलसीपुर–घोराही सडकखण्ड बन्द गराएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्