१० वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ


 


काठमाडौं, पुस १६ । सिन्धुपाल्चोकमा एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको सुनकोशी गाउँपालिका(६ बस्ने २७ वर्षीय कृष्ण भण्डारीलाई प्रहरी चौकी ठूलोपाखरबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो।

भण्डारीले बालिकालाई घर नजिकै झाडीमा लगि जबरजस्ती करणी गरेको उजुरी परेपछि सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्