ओलीले अमेरिकी राजदूतललाई यस्तो जवाफ दिए


 


काठमाडौँ, पुस ५

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीलाई भेटेर संविधान संशोधन प्रस्तावको विरोध गर्नुपर्ने कारणबारे चासो राखेकी छन् । ओलीले यो नेपालको आन्तरिक विषय भएको भन्दै अनावश्यक चासो नदिन ध्यानाकर्षण गराएका छन् ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध भइरहेका बेला राजदूत टेप्लिज मंगलबार ओलीलाई भेट्न सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेकी थिइन् । भेटमा राजदूत टेप्लिजले संविधान संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध भइरहेकोतर्फ अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको भेटपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

राजदूतले संविधान संशोधन प्रस्तावको विरोध गर्नुको कारणबारे चासो व्यक्त गरेको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार नेपालको समस्या नेपालीहरुले नै मिलेर समाधान गर्न समक्ष रहेकोतर्फ ओलीले राजदूत टेप्लिजलाई सचेत गराएका थिए ।

भेटमा अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव जनता र राष्ट्रको हितविपरित आएकाले विरोध गर्नुपरेको बताएको नेम्वाङले जानकारी दिए । संविधान कार्यान्वयनका लागि आफूहरु प्रतिवद्ध रहेको दोहोर्‍याउँदै अध्यक्ष ओलीले संविधान संशोधनको पक्षमा भने जान नसकिने प्रष्टयाएका थिए ।

प्रकाशित मिति: ५ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्