बालकुमारी घटनाको मृतकका परिवारलाई क्षतिपूर्ति कम भयो : पन्त


 


काठमाडौँ, पुस १६ । एमाले सांसद रघुजी पन्तले बालकुमारी घटनामा सरकारले घोषणा गरेको क्षतिपूर्ति कम भएकाले बढाउनुपर्ने बताएका छन् ।

सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा बालकुमारी घटनाबारे भएको छलफलमा बोल्दै सांसद पन्तले यस्तो माग गरेका हुन् । सरकारको गल्तीबाट अनाहकमा युवाहरू मारिएको भन्दै अहिले घोषणा गरिएको क्षतिपूर्ति कम भएको र त्यसमा बढाउनुपर्ने उनले बताए ।

उनले सरकारको सुशासनको नारा नारामै सीमित भएकाले बालकुमारी घटना हुन पुगेको बताए ।

‘यो घटना अरू जस्तो होइन । सरकारको गल्तीले मान्छे मरेका हुन् । त्यस कारण सरकारले दिने क्षतिपूर्तिको रकम बढाउनुस् र परिवारका सदस्यलाई रोजगारी दिनुस् ।’ पन्तले भने

साथै उनले आयोग बनाएर र केही कर्मचारीलाई निलम्बन गरेर यो समस्याको समाधान ननिस्कँने बताए ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्