प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : श्रेष्ठ


 


काठमाडौँ, पुस १६ । एमाले सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनापछि प्रधानमन्त्रीले नैनिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा बालकुमारी घटनाबारे भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले दुई जना युवाको हेर्दाहेर्दै जीवन गएको भन्दै त्यो सरकारबाट भएको हत्या भएकाले सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

सरकार नै समग्रतामा नालायक, असफल भएकाले प्रधानमन्त्रीले नै नैतिकताका आधारमा राजीनामा दिँदा राम्रो हुने उनले बताए ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्