धोती दिवस मनाउनेक्रममा सिके राउतसहितका व्यक्तिहरु पक्राउ


 


काठमाडौं, पुस १६ । माइतीघर मण्डलाबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका व्यक्तिहरु पक्राउ परेका छन् ।

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ ।

स्थानीय प्रशासनले माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्