भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


 


काठमाडौँ, पुस १५ । इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य वृद्धि भएर आएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ०.४१ ले वृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर रु. ०.१२ ले घटेर आएको हो ।

त्यस्तै एल. पी. ग्यासको मूल्यमा प्रति सिलिन्डर रु. ०.२० ले घटेर आएको छ । निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर रु. ३००.४१ नोक्सानी रहेको छ ।

पेट्रोलियम पदार्थको हकमा निगमको डिपो / कार्यालयदेखि १५ किलोमिटर तथा एल. पी. ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि खुद्रा बिक्री मूल्य यथावत् रहेको छ ।

नेपाल आयल निगमले भने हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । 

निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो ।

प्रकाशित मिति: १५ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्