गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाले गर्यो प्रदर्शन


 


काठमाडौं, पुस १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालकुमारी घटनाका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।

शनिबार ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

रास्वपाकी नेतृ तथा सांसद तोषिमा कार्कीले प्रदर्शनमा गोली चलाउनु दुखद भएको बताइन् । उनले दुई युवाहरुको हत्या घटनाको रास्वापाले घोर भत्र्सना गरेको उल्लेख बताइन् ।

उक्त घटनामा गृहमन्त्रालयले छानविन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरिन् ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त रु अझै कति रु’, नालायक सरकार राजीनामा दे, मृतकलाई सहीद घोषणा गर लगाएतका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्