बालकुमारी घटनाका मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिइने


 


काठमाडौँ, पुस १४ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक शुक्रबार ललितपुरमा भएको प्रदर्शनका क्रममा मारिएका अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको परिवारलाई राहत दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् ।

उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको बताइन् ।

मन्त्री शर्माका अनुसार भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षा संयन्त्रलाई सजग बनाउने निर्णय पनि भएको छ ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्