सुदूरपश्चिमका खेलाडी सवार बस र ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु


 


धनगढी, पुस १४ । कपिलवस्तुमा सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

हेटौंडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किनेक्रममा खेलाडी र प्रशिक्षकसहित ३३ जना सवार सुप प्र ०१००१ ख ३३९२ नम्बरको बस र लु १ त ८६०८ नम्बरको ट्रक धानखोलामा आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीया निता खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर ओलीले बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

बसमा सवार उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, एलिसा खाती र सिर्जना बिसी घाइते भएका छन् । अन्य १० १० पनि सामान्य घाइते भएका छन् । उनीहरु बुटवलमा उपचार गरेर घर फर्किएका छन् ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्