गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने सात जना पक्राउ


 


काठमाडौं, पुस १२ । गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको शुक्रबारको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा आन्दोलन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

पुस ४ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघरलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेका थिए ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्