प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


 


काठमाडौं, पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक रुपकम मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

शुक्रबार दुई जनाको ज्यान जाने गरि भएको बालकुमारी घटनाबारे छलफल र निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे बस्नेछ ।

प्रधानमन्त्री प्रचण्डले आजै बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका थिए ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्