बालकुमारीमा खटिएका डिएसपी र मन्त्रीका पिएसओ निलम्बित


 


काठमाडौं, पुस १४ । सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक ९सई० बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ भने इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय गरिएको छ ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्