गृहमन्त्रीको राजीनामा माग्दै मन्त्रीक्वार्टर अगाडि नेविसंघको प्रदर्शन


 


काठमाडौँ, पुस १४ । ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको को राजीनमा माग गरेका छन् ।

आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै शनिबार कालो झण्डा बोकेर मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द गर, शान्ति सुव्यवस्था कायम गर, गृहमन्त्री राजीनामा दे’ नाराबाजी गरेर करिब आधा घण्टा पुल्चोकको सडक पनि चक्काजाम गरेका थिए ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्