प्राधिकरणले काट्यो महसुल नतिरेका थप १४ उद्योगको विद्युत


 


काठमाडौं, पुस १४ । नेपाल विद्युत प्राधिकरणले बिगतमा महसुल नतिरेका थप १४ उद्योगको विद्युत काटेको छ ।

प्रधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बिच्छेद गरेको हो ।
शुक्रबार बाबा जुट मिल ९५ करोड ६१ लाख रुपैयाँ०, निगाले सिमेन्ट ९१४ करोड २१ लाख रुपैयाँ०, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज ९१५ करोड ६६ लाख रुपैयाँ०,हिमाल आइरन एण्ड स्टील ९८ करोड १३ लाख रुपैयाँ०, जगदम्बा इन्टरप्राइजेज ९४७ करोड ९८ लाख रुपैयाँ०, हामा आइरन ९११ करोड ५५ लाख रुपैयाँ०,एभरेष्ट पेपर मिल ९२१ करोड ३६ लाख रुपैयाँ०को लाइन काटिएको छ ।

प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरुको विद्युत् लाइन काटेको हो । गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको थियो ।

पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो शुक्रबार काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्