प्रधानमन्त्रीले गृहमन्त्रीलाई बोलाएर लिए बालकुमारी घटनाबारे जानकारी


 


काठमाडौं, पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर बालकुमारी घटनाबारे जावनकारी दिएका छन् ।

आज (शनिबार) विहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले इपिएस भाषा परीक्षाको विषयलाई लिएर शुक्रबारको प्रदर्शन र त्यसक्रममा दुई जनाको मृत्यु भएको घटनाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए ।

गृहमन्त्रीसहित अधिकारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे ब्रिफिङ गर्दै त्यसको छानबिन गर्न समितिसमेत गठन भएको जानकारी गराए ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए । त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाउँदा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्