प्रदर्शनकारीहरुमाथि बल प्रयोग गर्नु दुःखद् : महासचिव पोखरेल


 


काठमाडौं, पुस १३ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बालकुमारीमा प्रदर्शनमा उत्रिएकाहरुमाथि बल प्रयोग गर्नु दुखद् रहेको बताएका छनश् ।

उनले सरकारले आन्दोलनकारी माथि गरिएको बल प्रयोगको विधि गलत रहेको बताएका हुन्। उनले आन्दोलनकारी र राज्य पक्ष दुवैलाई संयमित हुन आग्रह समेत गरे ।

बिहीबार रोजगार अनुमति प्रणाली ९इपिएस० परीक्षामा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएकाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी ललितपुरमा जलाएका थिए।

आन्दोलनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गर्दा दुईजना युवाको निधन भएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह छन्।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्