सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन अदालतको आदेश


 


काठमाडौँ, पुस १३ । उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ ।

अदालतमा दायर निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।

अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले पाउनेछन् । यसअघि सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो । त्यसका विरुद्धमा १८ जनाले उच्च अदालत पाटनमै मुद्दा हालेका थिए ।

अदालतले उनीहरूलाई आवेदन प्रक्रियामा सहभागी गराउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो । सोही आधारमा १८ जनाले आज आवेदन फाराम भनेका थिए भने अन्यले भर्न नपाएपछि आन्दोलनमा उत्रिएका छन् ।

आज शुक्रबार सोही आन्दोलनको क्रममा दुई जनाको मृत्यु भएको छ । यस घटनाका विषयमा छानविन गर्न गृहमन्त्रालयले समिति समेत गठन गरेको छ ।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्