बालकुमारी घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन


 


काठमाडौं, पुस १३ । बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि भएको झडपमा दुई जनाको मृत्यु भएको छ ।

झडपका क्रममा प्रहरीले अश्रुग्यास हान्नुका साथै नेको थियो । उक्त झडपमा कैयौं व्यक्तिहरु घाइते भएका छन३ भने केही पक्राउ परेका छन् ।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्