बालकुमारी झडपमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु


 


काठमाडौं, पुस १३ । बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।

झडपका क्रममा घाइते भई पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताए ।

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । उनको छातीमा निलडाम देखिएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्