बालकुमारी झडप : मृतक युवकलाई गोली नलागेको पुष्टि, छातीमा निलडाम


 


काठमाडौं, पुस १३ । बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएका युवाहरुले प्रदर्शनसंगै मन्त्रीको गाडीमा आगजनी गरेपछि भएको झडपका क्रममा मृत्यु भएको भनिएका युवकलाई गोली नलागेको पाइएको हो ।

प्रदर्शनकारीलाई तितरवितर गर्नेक्रममा प्रहरीले अश्रुग्यास हानेको थियो । त्यही क्रममा बालकुमारी क्षेत्रमा अचेत भेटिएका सुजन राउतलाई गोली लागेर मृत्यु भएको जानकारी प्रहरीले नै दिएको थियो । अचेत अवस्थामा तत्काल किस्ट अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भको थियो ।

अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई गोली लागेको छैन भने छातीमा नीलो रंगको डाम छ । मृत्युको कारण पत्ता लगाउने कार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्