परपुरुषसंग रंगेहात समातेपछि श्रीमतीको घाँटी थिचेर हत्या


 


पोखरा, पुस १३ । श्रीमतीलाई अर्कै पुरुषसँग रंगेहात देखेपछि पोखरामा एक जनाले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् ।

म्याग्दीको धौलागिरी ७, ताकम घर भई घर्ती परिवार केही समयदेखि पोखरा २९, नौबीसेमा बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्तीले श्रीमती २९ वर्षीया रेखा घर्तीलाई तुनाले बेस्सरी बाँधेर हत्या गरेका हुन् ।

घर्तीको शव स्थानीय विश्वराज पौडेलको तोरीबारीमा फेला परेको थियो । श्रीमती हत्या आरोपमा बिहीबार प्रहरीले उनलाई विहीबार नै पक्राउ गरेको छ ।

बिहीबार दिउँसो श्रीमतीलाई अर्कै पुरुषसँग रंगेहात देखेपछि घर्तीले दुवैलाई लखेटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्येक्षदर्शीका अनुसार श्रीमती र अर्को केटालाई सँगै देखेपछि उनले दुवैलाई लेखेटेका थिए । तर, केटालाई समाउन नसकेपछि उनले फर्किएर आफ्नै श्रीमतीलाई नै मारेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कास्की प्रमुख एसपी मोहन थापाका अनुसार प्रेमी भनिएका अर्का पुरुष भारतीय नागरिक हुन् ।

रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् । उनीहरुका २ बच्चा पनि रहेको प्रहरीले जनाएको छ । एसपी थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्