प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारी घटाइयो


 


काठमाडौं, पुस १२ । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी घटाएको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनम) स्वीकृत गर्दै दरबन्दी घटाउने निर्णय गरेको हो।

दरबन्दी घटाइएकोबारे पछि विस्तृतमा जानकारी गराइने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्री कार्यालयमा हाल २३४ जना कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्