सरकारले तोक्यो गहुँको समर्थन मूल्य, क्विन्टलको कति ?


 


काठमाडौँ, पुस १२ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

मन्त्रिपरिषद बैठकले प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्