सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा


 


काठमाडौँ, पुस १२ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा काठमाडौँ जिल्ला अदालतमा आज (विहीबार) पनि हेर्दाहेर्दौमा राखिएको छ ।

जारी बहस नटुङ्गिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । यो मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबार वादी पक्षको सकिएकोमा आज प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ शुक्रबार नै टुङ्ग्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्