शशांक कोइरालाको प्रश्न– मन्त्री फेरेर काम हुन्छ भन्ने के छ ?


 


काठमाडौं, पुस १२ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले मन्त्री फर्दैमा काम गर्छन् भन्न्े नश्चित नभएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा जानेक्रममा उनले पत्रकारहरूसँग छोटो कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘मन्त्री फेरेर काम हुन्छ भन्ने के छ ?’

नेता कोइरालाले आफू मान्छे फेर्ने पक्षमा नरहेको बताए । उनले के काम गर्नका लागि नयाँलाई जिम्मेवारी दिइँदैछ भन्नेबारे अगाडि नै भन्नुपर्ने बताए ।

कांग्रेसको जारी बैठकमा मन्त्रीहरूको काम समीक्षा सुरु भइरहेको छ ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्