प्राधिकरणको बाँकी बक्यौता २२ अर्ब २४ करोड, अन्य उद्योगहरूको पनि लाइन काटिने


 


काठमाडौं, पुस १२ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता बाँकी रहेका उद्योगहरूको पनि लाइन काट्ने जनाएको छ ।

प्राधिकरणले बिहिबार पत्रकार सम्मेलन गर्दै बक्यौता रहेका अन्य उद्योगहरूको लाइन पनि काटिने जनाएको छ ।

प्राधिकरणले विगतमा पनि ग्राहकहरुलाई प्रिमियमसहितको विद्युत् महसुल भुक्तानीका लागि पटक पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको थियो ।

उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि नेपाल विद्युत् प्राधिकरण यही पुस ६ गतेबाट विद्युत् लाइन विच्छेद गर्न सुरु गरेको थियो ।

डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको गत मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्