पशुपति मन्दिरबाट हराएकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार


 


काठमाडौं, पुस १२ । गौशालास्थित पशुपति मन्दिरबाट हराएकी एक दुई वर्षीया बालिका भक्तपुरबाट उद्दार गरिएको छ ।

मन्दिरको १ नम्बर गेट नजिकैबाट हराएकी बालिका आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको हो ।

उनकी आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी गरे लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले खोजी सुरु गरेको थियो ।

त्यसक्रममा बिहीबार बालिकालाई भक्तपुरबाट उद्धार गरेर एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

प्रहरीका अनुसार चिया पसलमा नियमित आइराख्थे ती व्यक्तिले प्रहरीसँग बालिका आफ्नो छोरी भएको दाबी गरेका छन् । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनको मानसिक अवस्था ठीक नभएको जस्तो देखिएको छ ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्