स्रोत नखुलेको १९ लाख रूपैयाँसहित एक जना पक्राउ


 


मोरङ, पुस १२ । स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सुनसरी देवानगन्ज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई बुधबार बेलुका पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विराटनगर महानगरपालिका-६ केशलिया मार्गबाट पक्राउ गरेको हो ।

ुअवैध हुण्डी कारोबारलाई नियन्त्रण गर्न जिल्ला प्रहरीले चलाएको अपरेसनमाबाट उनलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रन्जन कुमार दाहालले बताए ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्