सुनको मूल्य आज हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?


 


काठमाडौं, पुस १२ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

सुन आज तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च भएको हो ।

सुन हिजो प्रतितोला एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य यसअघि सबैभन्दा बढी मंसिर १८ गते एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्