सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा


 


काठमाडौं, पुस ११ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइ आज (बुधबार) पनि सकिएन ।

जिल्ला अदालतले सन्दीपको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्