दुई नेपालीलाई अपहरण गर्ने ६ जना भारतीय पक्राउ


 


काठमाडौँ, पुस ११ । चितवनका दुई जना नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् ।

चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्रको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेका छन् ।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्