सुदूरपश्चिममा भारतबाट फर्किनेहरुमा कोरोना देखिन थाल्यो


 


बैतडी, पौष ११ । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरुमा फेरि कोरोना सङ्क्रमण पुष्टि हुन थालेको छ ।

भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो ।

पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

कोभिड–१९ सङ्क्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परीक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा सङ्क्रमण देखा परेको थियो ।

अहिलेसम्म सुदूरपश्चिममा कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भइसकेको छ । बुधबार पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ ।

यस्तै, आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्