प्रधानमन्त्रीलाई खरेलको सुझाव – छोरी गंगालाई बालुवाटार छिर्न नदिनू, गजुरेललाई फर्काउ


 


काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोरी गंगा दाहाललाई बालुवाटार छिर्न नदिन सुझाव दिएका छन् ।

वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार प्रधानमन्त्री प्रचण्डले देशवासीका नाममा सम्बोधन गरेका थिए । सोही सम्बोधनको पूर्णपाठ आफूले पढेको बताउँदै पूर्वडिआईजी खरेलले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई छोरी गंगालाई बालुवाटार छिर्न नदिन र हरिबोल गजुरेललाई सेवा सुविधा नदिएर पुनः सल्लाहकारमा नियुक्ति गर्न सुझाव दिए ।

यस्तै उनले पारदर्शिताको लागी भेटघाट गर्न आउने असल नियतका मानिस लगायत दलाल, विचौलिया ,अपरा्धी, तस्कर र लम्पसारवादसँगको छलफल आम नागरिकले हेर्न र बुझ्न सक्ने गरी खुल्ला मन्चमा स्क्रिन जडान गरि प्रत्यक्ष प्रसारण गर्न आग्रह गरे ।

उनले लेखेका छन्, ‘प्रम ज्युको सम्वोधन पढे । एउटा काम गर्नोस, तपाईको पुत्रि गंगा दहाललाई बालुवाटार छिर्न नदिनोस र हरिबोल गजुरेल लाई पुन सल्लाहकारमा नियुक्ति गर्नुहोस तर सेवा सुविधा नदिईकन। पारदर्शिताको लागी तपाईसंग भेट घाट गर्ने आऊने असल नियतका मानिस लगाएत दलाल, विचौलिया ,अपरा्धी, तस्कर र लम्पसारवाद संगको छलफल आम नागरिकले हेर्न र बुझ्न सक्ने गरी खुल्ला मन्चमा स्क्रिन जडान गरि प्रत्यक्ष प्रसारण गर्नुहोस।अनिमात्र हामी तपाईका भनाई र गराईमा विश्वास गर्न सक्छौ ।’

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्