कोठा न्यायो पार्न हिटर बालेर सुत्दा निस्सासिएर श्रीमानको मृत्यु, श्रीमती घाइते


 


काठमाडौं, पुस १० । काभ्रेमा निस्सासिएर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी श्रीमती ८१ वर्षीया असनी लामा घाइते भएकी हुन् ।

कोठामा हिटर र फलामको कराइमा आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेको कारण उनीहरु निस्सासिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए।

सोमबार बेलुकी खाना खाएपछि उनीहरुले कोठा न्यानो पार्न हिटर र आगो बालेका थिए ।

उनीहरू मंगलबार बिहान ८ बजेसम्म पनि नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबै जना बेहोस अवस्थामा फेला परेका थिए । दुबै जनालाई बिहान धुलिखेल अस्पताल लगिएको थियो ।

कर्माको सवा ९ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । असनीको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: १० पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्