मन्त्री किरातीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन


 


काठमाडौँ, पुस ९ । पर्यटन मन्त्री सुदन किरातीको राजीनामाको माग गर्दै आइतबार काठमाडौँमा प्रदर्शन गरिएको छ ।

सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै सनातन धर्मावलम्बी नेपालीको आयोजनामा प्रदर्शनसहिनत मन्त्री किरातीको राजीनामाको माग गरिएको हो ।

उनीहरुले मन्त्री किरातीलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् । उनीहरू विभिन्न ब्यानर र प्याम्लेट लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्‍याली गरे ।

मन्त्री किरातीले केही दिन अघि एक कार्यक्रममा दिएको अभिव्यक्तिपछि उनको आलोचना भइरहेको छ ।

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्