प्रधानमन्त्रीले भोलि दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने


 


काठमाडौँ, पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (मंगलबार) दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् ।

प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्