वीरेन्द्र चोकमा मध्यरातमा ठड्याइयो पूर्वराजा वीरेन्द्रको सालिक


 


पोखरा, पुस ९ । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा मध्यरातमा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ ।

शालिक पुनर्निर्माण समितिले करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो ।

समितिका सचिव अरुण गिरीले भने साइत हेराएर राति साढे एक÷पौने २ बजेतिर सालिक पुनर्स्थापना गरिएको बताएका छन् ।

यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो । २०६२÷०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो ।

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्