सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने


 


बुटवल, पुस ९ । सिद्धार्थ राजमार्ग यही पुस १रु६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

सो राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न थालिएपछि पुस १६ गतेबाट दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ । तर अत्यावश्यक सवारी साधनलाई भने कुनै रोक नलगाइएको काफ्लेले बताए ।

सो सडक खण्डमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ निर्माणको काम गरिरहेको छ ।

सुरुङ निर्माणको काम गर्दा यातायात सञ्चालन गर्दा जोखिम हुने भएकाले राति सडक बन्द गरेर काम गर्न लागिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्