समृद्धि नेपाल सुखी नेपालीको आकांक्षा पूरा गरेर छोड्छौं : ओली


 


काठमाडौँ, पुस ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धि नेपाल सुखी नेपालीको आकांक्षा एमालेले पुरा गरिछोड्ने बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले सुशासन र विकासको बाटोमा अग्रसर हुने बताए ।

उनले यही सरकारबाट विकास र सुशासनको सपना देख्न नसकिने बताए । ‘सरकारको यही कार्यशैली र तरिकाबाट कुशासन, भ्रष्टाचार र कमिशनतन्त्रको बिचमा विकासको सपना देख्न सकिँदैन’ उनले भने ।

ओलीले एमालेले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता नभएको पनि बताए ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्