पछिल्लो पाँच महिनामा ६ प्रतिशतले घट्यो आयात


 


काठमाडौं, पुस ८ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ६ प्रतिशतले आयात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिरसम्ममा आयात ६.०९ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको यही अवधिमा ६ खर्ब ६४ अर्ब रूपैयाँको आयात भएकोमा यस वर्ष यो अवधिमा आयात ६ खर्ब ४२ अर्बमा सीमित भएको छ ।

आयात घटेसँगै सरकारले भन्सारमा प्राप्त गर्ने राजस्व समेत घटेको छ। गत वर्ष ८४ अर्ब ५८ करोड रूपैयाँ राजस्व उठेकोमा यस वर्ष यो अवधिमा ६४ अर्ब ९० लाख रूपैयाँ राजस्व प्राप्त गरेको छ ।

यसमध्ये सबैभन्दा बढी आयात मंसिरमा भएको छ भने कम कार्तिकमा भएको छ । कात्तिकमा एक खर्ब चार अर्ब रूपैयाँको आयात भएकोमा मंसिरमा एक खर्ब २९ अर्ब ७० करोड रूपैयाँको आयात भएको छ ।

कात्तिकमा चाडपर्व परेकोले पनि सार्वजनिक विदाको दिन धेरै हुँदा आयात घटेको थियो।

वार्षिक रुपमा भने आयातसँगै निर्यात पनि घटेको छ। पाँच महिनाको अवधिमा निर्यात ३।३९ प्रतिशतले घटेर ६३ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्