सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतमा न्यायाधीश सिफारिस


 


काठमाडौँ, पुस ८ । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश एवं परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उच्च अदालतमा न्यायाधीशका लागि कुँवर र पौडेलको नाम सिफारिस गरेको हो ।

परिषद्को आजको बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको जिम्मेवारी तोकेको छ ।

त्यस्तै, बैठकले उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरअन्तर्गत नेपालगञ्ज इजलासमा सरुवा गरेको छ । रासस

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्