घले समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष


 


काठमाडौं, पुस ८ । मीन घलेको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालिएको छ ।

१४ किलो सुन तस्करी प्रकरणमा गठन भएको छानबिन समितिले यस्तो निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

समितिले घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ ।

घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुवईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्