विनोद चौधरीको सिमेन्ट उद्योगमा स्थानीयले ठोके ताला


 


पाल्पा, पुस ८ । उद्योगपति विनोद चौधरीको सिजी पाल्पा सिमेन्ट उद्योगमा स्थानीयवासीले ताला लगाइदिएका छन्‌ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका(२, सोमादीस्थित चौधरीको उद्योगमा स्थानीय बासिन्दाले शनिबारदेखि ताला लगाएका हुन्‌ ।

विनोद चौधरी स्वामित्वको चौधरी ग्रुपले गत असोज ७ गतेदेखि सो उद्योगबाट सिमेन्ट उत्पादन थालेको थियो । करिब १५ अर्ब रुपैयाँ खर्चेर आफूले उद्योग खोलेको चौधरीले दाबी गरेका थिए ।

सिजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रा.लि. का नाममा दर्ता चौधरीको सिमेन्ट उद्योग करिब ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

विनोद चौधरीले सामान्य वातावरणीय र सामाजिक संवेदनशीलतालाई समेत ख्याल नगर्दा स्थानीय आक्रोशित थिए । जथाभावी धुवाँधुलो गराउनेदेखि कम्पनीका कामदारलाई दिशापिसाब गर्ने ठाउँसमेत व्यवस्थित नगरिदिँदा सोमादी क्षेत्र प्रदूषित भइरहेको छ ।

सोमादीबासीले चौधरी ग्रुपलाई प्रदूषण नियन्त्रण र फोहोलमैला बिसर्जन व्यवस्थापनमा ध्यान दिन पटकपटक आग्रह गरिरहेका थिए । तर निरन्तर अटेरी गरेपछि स्थानीयवासीले चौधरीको उद्योगमै ताला ठोकिदिएका हुन्‌ ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्