भक्तपुरमा सई आफ्नै घरमा मृत भेटिए


 


काठमाडौं, पुस ८ । भक्तपुरमा एक जना नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्।

सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए।

४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए।

घटनजाको अनुसन्धानका लागि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको थियो ।

पोष्टमर्टमको लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगेको छ । प्रहरी निरीक्षक ढुंगानाका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्