सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा


 


काठमाडौँ, पुस ८ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ ।

यसअघि पटक पटक पेसीमा चढेर सुनुवाई हुन नसकेको उक्त मुद्दा आज (आइतबार) फैसला गर्ने तयारी गरिएको छ ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।

पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो ।

तर प्रतिवादी तर्फका कानुन व्यवसायीले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष २ महिना रहेको दाबी गर्दै सफाई पाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्