गोलकिपर विशाल श्रेष्ठले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा


 


काठमाडौँ, पुस ७ । राष्ट्रिष् फुलबल टोलीका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

राष्ट्रिय टिमको सदस्य रहेरपनि सीमित अवसरमा मात्र मैदानमा खेल्न पाएका श्रेष्ठले औपचारिक रुपमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास घोषणा गरेका हुन्।

संन्यासको घोषणा गर्दै उनले यस यात्राको उत्कृष्ट भाग भएकोमा धन्यवाद व्यक्त गर्दै आफूले यस सम्झनाहरूलाई बोकेर जाने बताएका हुन् ।

लामो समयदेखि नेपालको राष्ट्रिय फुटबल टोलीको सदस्य रहँदा आएका उनले सन् २०२१ मा मात्र भारतविरुद्ध डेब्यू गर्ने अवसर भएका थिए । श्रेष्ठ हाल नेपाल सुपर लिगमा चितवन एफसीका कप्तान रहेका छन् । उनले यसअघि व्यावसायिक करियरमा मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र एफसी र बुटवल लुम्बिनी एफसीबाट फुटबल खेलिसकेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै बेला नेपाल अन्तर्राष्ट्रिय बन्ने सपना देख्थेँ तर अहिले समय कति चाँडो बित्ने रहेछ । म मेरो अन्तर्राष्ट्रिय फुटबल करियरमा अतुलनीय सहयोगको लागि मेरो परिवार, साथीहरू, टोलीका साथीहरू, फिजियो, समर्थकहरू र सबैप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु। तपाईंको अटल प्रोत्साहन हरेक विजय र मैदानको हरेक पल पछाडिको प्रेरक शक्ति थियो । मेरो देशको प्रतिनिधित्वबाट सन्यास लिँदा मैले सँगै बनाएका सम्झनाहरू बोकेर जाँदैछु। यस यात्राको उत्कृष्ट हिस्सा भएकोमा धन्यवाद।’

प्रकाशित मिति: ७ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्