सभापति चुन्न साधारण सदस्यले मतदान गर्न पाउनुपर्छ : पौडेल


 


काठमाडौँ, पुस ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको सभापति चुन्न साधारण सदस्यले पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो माग अघि सारेका हुन् । उनले यस्तो अवस्थामा पार्टीभित्रको गुटबन्दी समेत समाप्त हुने टिप्पणी गरे ।

उनले ८ लाख ६६ हजार कांग्रेस सदस्यले सभापतिका लागि मतदानको व्यवस्था गर्ने हो भने पार्टीभित्र गुटबन्दी समाप्त हुने उल्लेख गरे ।

उनले नेताहरुले आफ्नो गुटको जित भएपछि नेताहरू माला लगाएर बस्ने गरेको टिप्पणी गरे । उनले अब्बल र सक्षम व्यक्तिले नेतृत्व गर्ने परिस्थिति बन्न नसकेको बताए ।

नयाँ दलसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा कांग्रेस आइपुगेको भन्दै उनले समावेश पार्टी हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: ७ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्