विकास र समृद्धिको यात्रालाई सुचारु गर्न एमालेलाई रोजौं : महासचिव पोखरेल


 


ललितपुर, पुस ७ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई सुचारु गर्न नेकपा एमालेलाई रोज्न आग्रह गरेका छन् ।

शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब देशलाई एमालेको विकल्प नभएको दाबीसमेत गरे ।

महासचिव पोखरेलले विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेको आरोप लगाए । वर्तमान सरकारलाई स्वार्थ गठबन्धनको संज्ञा दिँदै उनले नीतिगत श्रेष्ठताका आधारमा मुलुकको नेतृत्व गर्न राजनीतिक धुव्रीकरण गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

प्रकाशित मिति: ७ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्