भिजिट भिसा प्रकरण : थप एकजना पक्राउ, यस्तो रहेछ सेटिङ


 


काठमाडौँ, पुस ७ । भिजिट भिसा प्रकरणमा थप एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन् ।

नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको शनिश्चरे नगरपालिका–७ घर भएका ४५ वर्षीय विनोद कार्कीलाई पक्राउ गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको सिटी टुर्स एन्ड ट्राभल्सका सञ्चालक कार्कीलाई पुस ५ गते काठमाडौँको बल्खुबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार काकीएलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ ।

भिजिट भिसामा विदेश जान लागे का युवा युवतीहरूको शङ्कास्पद कागजातसहित राहदानी असोज १७ गते देखि हालसम्म १५१३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएको प्रहरीको भनाई छ ।

सो मध्ये २४६ कागजात नक्कली सर्टिफिकेट , श्रम स्वीकृति , नाता प्रमाणित , प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट नक्कली देखिएको थियो ।

उक्त कागजातहरू बनाउने व्यक्तिहरूको पहिचान गर्ने र उक्त नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट , कन्सल्टेन्सी , ट्राभल्स एजेन्सीहरूले एयरलाइन्सलाई प्रतिव्यक्ति रु। १०,०००।– देखि १५,०००।– सम्म र अध्यागमनलाई प्रतिव्यक्ति रु। ४०,०००।– देखि रु। ५५,०००।– सम्म सेटिङ मिलाई विदेश पठाउने खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्